Logo

काठमाडौँ विश्वकै प्रदूषित सहर



काठमाडौँ, १ वैशाख । काठमाडौँ विश्वको सबैभन्दा बढी वायु प्रदूषित सहरको रुपमा रहेको छ ।

देशभरको वायु प्रदूषणको मात्रा मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को तथ्याङ्क अनुसार काठमाडौँ सबैभन्दा बढी प्रदूषणको सूचीमा एक नम्बरमा रहँदा दोस्रो नम्बरमा बङ्गलादेशको ढाका रहेको छ । भारतको कोलकाता तेस्रो स्थानमा रहेको छ ।

काठमाडौँको एयर क्वालिटी इन्डेक्स १७८ रहेको छ । यो स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ । बङ्गलादेशको एयर क्वालिटी इन्डेक्स १५८ रहेको छ । भारतको कोलकाताको एयर क्यालिटी इन्डेक्स १५४ रहेको छ ।

१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ । २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ । पछिल्लो समय नेपालमा धेरै डढेलोका घटना भइरहेकाले उपत्यकाको वायु प्रदूषणको मात्रा पनि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्