Logo

कक्षा १२ को परीक्षा केन्द्र स्वचालित प्रक्रियाबाट तोकियो



काठमाडौँ , ७ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र स्वचालित र्‍यान्डम प्रक्रियाबाट तोकेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा परीक्षा केन्द्र तोक्नको लागि विभिन्न चलखेल हुने गुनासो आएपछि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले काठमाडौंका १४४ परीक्षा केन्द्र स्वचालित विधिबाट छानेको हो ।

काठमाडौंका ५१३ विद्यालयका नियमिततर्फ ५९ हजार १६७ र आंशिकतर्फ ५ हजार ७१७ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । २०० भन्दा बढी विद्यार्थी भएको विद्यालयका विद्यार्थी फरक सेन्टरमा छरिएर राख्ने गरी सफ्टवेयरबाटै केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ ।

यसअघि धेरै विद्यार्थी भएको विद्यालयको विद्यार्थी तीन वटा केन्द्रसम्म राख्ने गरेकोमा यसपाली ९ वटासम्म केन्द्र निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्