Logo

राप्रपा बाहेक सबै दल एउटै हुन् : लिङ्देन



बझाङ, ८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस,एमाले, माओवादी र नयाँ सबै दल एउटै भएको वताउनु भएको छ ।

प्रदेश सभा उपनिर्वाचनको चुनावी सभालाई बझाङ सदरमुकाम चैनपुरमा शुक्रबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भन्नुभयो कतिपय मान्छेहरूले एमाले, कांग्रेस, माओवादीसँग चित्त नबुझेर नयाँ पार्टीमा लागेको देखेको छु। तर, एमाले, कांग्रेस र माओवादी पार्टीको विकल्प स्वतन्त्र पार्टी होइन, यिनीहरू सबै एकै पार्टी हुन् ।

उहाले पार्टीका नाम, चिह्न र नेता अलग भए पनि विचार र व्यवहारमा सबै पार्टी एउटै भएको वताउनुभयो ।  उहाले देशको मूल समस्याका रूपमा रहेको निर्वाचन प्रणाली र भ्रष्ट व्यवस्थाको सबै पार्टीले स्वीकार गरेको बताउनुभयो । उहाले अहिलेको निर्वाचन प्रणाली, नियुक्ति प्रणाली र भ्रष्ट व्यवस्थाको सबैको विकल्पमा राष्ट्रिय प्रजातन्त्र पार्टीमात्रै रहेको बताउनुभयो ।

उहाले व्यवस्था र अवस्था परिर्वतनका लागि वैशाख १५ गते हुने उपनिर्वाचनमा हलो चिह्नमा मतदान गर्नसमेत सबैमा अपील गर्नुभयो त्यस्तै उहाले चुनावमा भोट दिने कुरा बिहेमा छोरी दिनेभन्दा पनि महत्वपूर्ण कुरा भएको बताउनुभयो । अध्यक्ष लिङ्देनले चुनावमा दिइने मतले जनताको भाग्य र भविष्य निर्धारण गर्ने समेत उल्लेख गर्नुभयो।

‘तपाईँले अनेक विचार गरेर दिएको छोरी पनि कहिलेकाहीँ गलत मान्छेको हातमा पर्छ। छोरी गलत मान्छेको हातमा परेपनि त्यही एउटा छोरीले मात्र दुःख पाउँछ। तर, तपाईँले दिएको एउटा भोट पूरै समाज र देशले दुख पाउने भएकाले भोट दिनुअघि हजार पटक सोचेर भोट दिनुस्, उहाले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्