Logo

सैनिक एकेडेमीमा कारको ठक्करबाट श्रीलंकामा ७ जनाको मृत्यु, २० घाइते



काठमाडौं, १० वैशाख । खेल प्रतियोगिताको क्रममा एउटा कार मानिसहरुको भिडमा ठोक्किँदा श्रीलंकामा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २० जना घाइते भएका छन् ।

समाचार एजेन्सीका अनुसार दुर्घटना राजधानी कोलम्बोबाट करिब १ सय ८० किलोमिटर पूर्वमा पर्ने दियातालावा शहरमा भएको हो । दुर्घटनाको कारणले खुलेको छैन ।

श्रीलंकाको सैनिक एकेडेमीमा आयोजित प्रतियोगिता हेर्दा करिब ४५ हजार दर्शक सहभागी थिए । श्रीलंका सैनिक र श्रीलंका अटोमोबाइल स्पोर्ट्सले प्रतियोगिता आयोजना गरेका थिए । यो घटनापछि प्रतियोगिता रोकिएको थियो ।

प्रहरीका अनुसार एउटा कार ट्र्याक छोड्दै कार्यक्रमका दर्शक र खेल अधिकारीहरुको भीडमा ठोक्किएको थियो । घाइते २० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्