Logo

४३ ग्राम ब्राउन सुगरसहित काँकरभिट्टाबाट एक जना पक्राउ



काँकरभिट्टा, ११ वैशाख । झापाको पूर्व नाका काँकरभिट्टाबाट लागू औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मेचीनगर–५ काँकरभिट्टा स्थित मेचीपुलबाट धादिङ खन्याबास गाउँपालिका–५ का २० बर्षिय विनोद तामाङलाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

लागूऔषध ब्यूरो झापा र सशस्त्र प्रहरी बल काँकरभिट्टाको कुकुर सहितको संयुक्त रुपमा खटिएको टोलीले सोमवार साँझ तामाङलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका तामाङलाई लागूऔषध पत्ता लगाउने कुकुरले चेकजाँच गर्दा उनको साथबाट ४३.१५ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाएको र थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्