Logo

सुनको सिक्री थुतेर भाग्दै गर्दा झापाको मेचीनगरबाट एक जना पक्राउ



झापा, ११ वैशाख । सुनको सिक्री थुतेर भाग्दै गरेको अवस्थामा प्रहरीले झापाको मेचीनगरवाट एक जनालाई पक्राउ गरेको छ । मेचीनगर नगरपालिका वडा नम्बर १३ श्रीनाथ पेट्रोल पम्प नजिक, पूर्व–पश्विम राजमार्गमा पैदल हिडिरहेकी मेचीनगर–१२ सरेडाँगीकी २१ बर्षिया रचना आङदाम्वेको घाँटीमा लगाएको सिक्री थुतेर भाग्दै गर्दा पैहरीले पक्राउ गरेको हो ।

मेचीनगर–१३ तेलिबारीका ३९ बर्षिय दिवश राजवंशीलाई सुनको सिक्री थुतेर भाग्दै गरेको अवस्थामा फेला पारी प्रहरीले सुनको सिक्रि र साईकलसहित नियन्त्रणमा लिएको जनाएको छ ।

सोमवार साँझ ७ः२५ बजे पैदल हिडिरहेकी आङदाम्वेको घाँटीमा लगाएको एक तोलाको सुनको सिक्रि अपरिचित व्यक्ति साईकलमा आएर अचानक घाँटीबाट थुतेर फरार भएको खवर प्राप्त हुन साथ खटिएको संयुक्त प्रहरी टोलीले सिक्रि थुत्ने व्यक्तिलाई मेचीनगर–१३ फुलवासा नजिकबाट पक्राउ गरेको थियो ।

सिक्री थुतेर भाग्ने राजवंशीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्