Logo

पहिलो पटक नेपाल आउन लागेको वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा



काठमाण्डौ, ११ वैशाख। वेस्टइन्डिज क्रिकेट बोर्डले नेपालसँग पाँच टी–२० खेल खेल्ने ‘ए’ टोलीको घोषणा गरेको छ । रोस्टन चेशको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता टोली पनि हो ।

सन् २०१६ मा टी–२० विश्व कप जित्दाका दुई स्टार ब्याटर जोनसन चार्ल्स र आन्द्र फ्लेचरसहितको टोलीमा तीव्र गतिका बलर ओशान थोमस, ओबेद म्याकोय, किमो पउललगायतका खेलाडी छन् । नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको पहिलो खेल आउँदो शनिवार हुनेछ । दोस्रो खेल आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ ।

खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा १२ बजेदेखि शुरु हुनेछ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका प्रस्थान गर्नेछ ।

वेस्टइन्डिजको टोली
कप्तान–रोस्टन चेश, उपकप्तान–एलिक एथानाज, फबिएन एलेन, कादीम एलिने, जोशुवा विशोप, क्यासी कार्टी, जोनसन चाल्र्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पउल, ओशान थोमस र हायडेन वाल्स ।

प्रतिक्रिया दिनुहोस्