Logo

गणतन्त्रवादीलाई रवीन्द्र मिश्रको प्रश्न : कतारका राजालाई ‘महाराज’ भनेर कुन मुखले सम्बोधन गर्छौं



काठमाडौं,११ वैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजदेखि २ नेपाल भ्रमणमा आउँदै हुनुन्छ । उहा साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।

पहिलो पटक कतारका अमिर नेपाल आउने भएपछि उत्साहित बनेका गणतन्त्रवादीहरूलाई राजतन्त्र फर्काउन सक्रिय बनेर लागेका नेताहरुले कटाक्ष गरिरहेका छन्।

मंगलबार बिहानै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सामन्तवाद र वंशवादलाई घृणा गर्ने हाम्रा राष्ट्रपति र प्रधानमन्त्री तथा अन्य महान् नेताहरूले कतारका राजालाई योर मेजेस्टी महाराज भनेर कुन मुखले सम्बोधन गर्छौं भन्दै प्रश्न गर्नुभएको छ ।

मंगलबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै मिश्रले संसारकै सबैभन्दा ‘पश्चगामी’ मध्येको देशका राजालाई हाम्रो जस्तो संसारकै सबैभन्दा ‘अग्रगामी’ देशले वर्षौँदेखि मरिहत्ते गरेर किन आमन्त्रण गरेको होला ? भन्दै प्रश्न गर्नुभएको छ ।

उहाले लेख्नुभएको छ, ‘संवैधानिक राजसंस्थाको समेत घनघोर विरोध गर्ने लाखौँ नेपालीहरू किन पूर्ण राजतन्त्र भएको र महान लोकतन्त्र बिनाको देशमा गएर काम गर्न र त्यहाँ बसेर पनि नेपालको राजसंस्थालाई गाली गर्न उद्दत हुन्छन् होला ?। नेपालले आफ्नो भ्रमणमा खुसियाली मनाउन एक दिन छुट्टी नै दिएको देखेर काठमाडौँस्थित कूटनीतिक समुदाय मनमनै कति हाँसिरहेको होला ? । यस्ता धेरै प्रश्नहरू छन्। कतारका राजा शेख तमिम बिन हमाद अल थानी लाई नेपालमा हार्दिक स्वागत छ। दशौँ लाख नेपालीको प्रत्यक्ष(अप्रत्यक्ष जीवन चलाइदिने मुलुकका नरेशलाई नमन !’ ।

प्रतिक्रिया दिनुहोस्