Logo

विदेशी राजा आउँदा खुट्टा ढोग्नुभन्दा आफ्नै राजा फर्काउन लाग्नुस : ज्ञानेन्द्र शाही



काठमाडौं,११ वैशाख । राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले विदेशी राजा आउँदा खुट्टा ढोग्नुभन्दा आफ्नै राजा फर्काउन लाग्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सुझाव दिनुभएको छ ।

मंगलबारबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका मित्र राष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा गृह मन्त्रालयले मंगलबार देशभर सार्वजनिक बिदा दिएको प्रति कटाक्ष गर्दै शाहीले विदेशीको गुलाममात्र नगर्न आग्रह गर्दै देशकै राजालाई सम्मान र स्थान दिन आग्रह गर्नुभएको छ ।

वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनका लागि इलाम पुगेका शाहीले मंगलबार सामाजिक सञ्जालमार्फत लामिछानेलाई सम्बोधन गर्दै लामिछाने र अरु नेतामा केही फरक नभएको भन्दै बोल्ने एउटा गर्ने अर्को भन्दै प्रश्न गर्नुभएको छ ।

उहाले फेसबुका लेख्नुभएको छ, ‘माननीय रवि लामिछाने ज्यु हिजोका दिनहरुमा तपाईंले जनताकोआवाज उठाउँदै गर्दा हाम्रो साथ र समर्थन थियो तर आज तपाईं आफैँ गृहमन्त्री हुँदा कतारका राजा आउँदा सार्वजनिक बिदा दिनुभएछ अब भन्नुहोस् तपाईं र अरु नेतामा के फरक भो र ? बोल्ने एउटा गर्ने एउटा ?  बिदेशी राजाका खुट्टा नै ढोक्न जानु भन्दा आफनै देशका राजा फर्काउने अभियानमा लाग्नुहोस कति गुलामी गर्छौ हो बिदेशीको ?’

प्रतिक्रिया दिनुहोस्