Logo

मोटरसाईकल दुर्घटना : विर्तामोडका खरेलकोे घटनास्थलमै मृत्यु



विर्तामोड, १३ वैशाख ।  मोटरसाईकल दुर्घटनामा परी झापा विर्तामोडका एक यवाको मृत्यु भएको छ ।

दुर्घटनामा परी विर्तामोड ७ का ३८ वर्षिय तेजमणी खरेल (कमल)को मृत्यु भएको हो । सुरुङ्गाबाट विर्तामोड आउने क्रममा खरेल सवार रा १ प ६३०० नम्मरको मेटरसाईकललाई वुधवार साझ पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा कल्भर्ट नजिकै वसले ठक्कर दिएको थियो । सोहि दिशाबाट आउदै गरेको प्रदेश १-०१ -००१ ख ४२६८ नम्वरको बसले खरेल सवार मोटरसाईकललाई ठक्कर दिएको विर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिनुभयो । खरेलको घटना स्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी मोटरसाईकलमा पछाडी सवार मेचीनगर १० का प्रसन्न दनुवार सामान्य घाईते भएका छन् । घटनामा संलग्न वस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान प्रारम्भ गरीएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्