Logo

भद्रपुरमा मोटरसाइकलको ठक्करबाट एक बृद्धा मृत्यु

दुर्घटनामा परी झापामा एकैदिन पाँच जनाले गुमाए ज्यान



झापा १३ वैशाख । झापाको भद्रपुरमा मोटरसाइकलको ठक्करबाट वुधवार राति एक बृद्धा महिलाको मृत्यु भएको छ । योसंगै हिजो एकैदिन झापामा सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका वडा नं ८ नमुना टोलस्थित चन्द्रगढी– भद्रपुर भित्री सडकखण्डमा मे ४ प ४८९६ नम्बरको मोटरसाइकलले पैदलयात्री नाम थर वतन नखुलेको अन्दाजी ८० वर्षिया बृद्धा महिलालाई ठक्कर दिएको थियो ।

टाउकोमा गंभीर चोट लागेर घाईते भएकी बृद्धा महिलालाईलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उपचारका क्रममा राति बृद्धाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ति बृद्धा महिलाले स्थानीय ठाउमा मागेर आफ्नो गजरा चलाउने गरेको वडाध्यक्ष अभिषेक ढुंगानाले जानकारी दिनुभयो ।

दुर्घटनापछि मोटरसाइकल र मोटरसाइकल चालक भद्रपुर नगरपालिका ८ बस्ने ४९ वर्षीय विशन मोतेलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

यस अघि झापाकै विर्तामोड एक र कमल गाउपालीकाका तीन युवाले वुधवारनै मोटरसाईकल दुर्घटनामा ज्यान गुमाएका छन् । विर्तामोडका ३८ वर्षिय तेजमणी खरेल (कमल) र कमल गाउपालीकाका ४ का २५ वर्षिय मौसम राई, सेही वडा वस्ने २० वर्षिय युनिस भण्डारी र १७ वर्षिय सरोज रेग्मीले दुर्घटनामा  ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्