Logo

मेचीनगरमा भएका छुट्टा छुट्टै मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु ,पाँच जना घाईते



झापा, १३ वैशाख । झापाको मेचीनगरमा भएका छुट्टा छुट्टै मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाँचजना घाईते भएका छन् ।

आज राति ८:३०बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तर्गग मेचीनगर नगरपालिका वडा नं.१२ देउनिया पुलमा बिर्तामोडबाट चारआलीतर्फ आउदै गरेको मे११प १६०९ नं. को मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका २ बस्ने ४० वर्षीय ज्ञानेन्द्रराज कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । गम्भीर घाईते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमानै कार्कीको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताउनुभयो ।

त्यस्तै मेचीनगरकै वडा नम्बर ३ बडाखालमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा पाँचजना घाइते भएका छन् ।

आज दिउँसो मेचीनगर नगरपालिका वडा नम्बर ३ बडाखाल टोलस्थित भित्री सडकखण्डमा ईटाभट्टाबाट बौद्धमोडतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ५८४९ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको ग २३ प २३९८ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा परी मेचीनगर नगरपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीय तीर्थ दाहाल, मेचीनगर ७ कै २४ वर्षीय रुपेश गिरी, ३४ वर्षीय मदनकुमार अधिकारी, सप्तरी बोदेबर्साईन नगरपालिका वडा नम्बर ८ बस्ने २१ वर्षीय मुकेश यादब बोदेबर्साईन  ८ कै २१ वर्षीय ओमप्रकाश यादब घाईते भएका हुन् ।

घाईतेहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको र दुबै मोटरसाईकल अस्थाई प्रहरी पोष्ट भृकुटीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्