Logo

डेढ किलो सुन र डेढ करोड नगद कारोवारमा झापा विर्तामोडका एक व्यक्ति सहित ७ जना पक्राउ



काठमाडौं,१४ वैशाख । काठमाडौँमा प्रहरीले डेढ करोड रुपैयाँ र करिब एक किलो सुनसहित ७ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ गरेकाहरूको साथबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाा नगद बरामद भएको छ ।

प्रहरीले झापा बिर्तामोडका दिनेश खरेल,दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र आयुष बडू, र भरतराज खरेल पक्राउ गरेको छ ।

त्यस्तै भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टे पक्राउ परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्