Logo

वेस्ट इन्डिज ‘ए’ सँगको खेलमा नेपालले टस जितेर बलिङ रोज्यो



काठमाण्डौ १५ वैशाख । वेस्ट इन्डिज ‘ ए’टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले टस जितेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले पहिला बलिङ गर्ने निर्णय लिएका छन् । आजको खेलमा नेपाली टोलीमा कुशल भुर्तेल, अनिलकुमार शाह, रोहितकुमार पौडेल, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमलसिंह ऐरी, ललित राजवंशी र अभिनाश बोहोरा छन् ।

टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेल भोलि आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । सबै खेल कीर्तिपुरमै हुनेछ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्