Logo

जितका लागि नेपालले पायो १ सय ६१ रनको लक्ष्य



काठमाडौँ, १६ वैशाख । वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जीतका लागि १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको गुमाउदै १ सय ६० रन बनायो ।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । गुडकेश मोटीले ३३ रन प्रहार गरे । त्यस्तै, कप्तान रोस्टन चेसले २३ रन तथा ओपनर जोनसन चार्ल्सले ११ रनको योगदान दिए । नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्