Logo

आईपीएल क्रिकेटमा चेन्नईले हैदराबादलाई ७८ रनले हरायो, गुजरात बेंगलूरुसँग पराजित



काठमाडौँ, १७ वैशाख । इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा गएराति भएको दोस्रो खेलमा चेन्नई सुपर किंग्सले जितेको छ । चेन्नईले सनराईजर्स हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले हराएको हो । चेन्नईले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८ ओभर ५ मा १ सय ३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमले सर्वाधिक ३२ रन बनाए ।

चेन्नईका लागि तुषार देशपाण्डे एक्लैले ४ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । चेन्नइका कप्तान रुतुराज गाइक्वाडले ९८ रनको सानदार इनिङ खेले । जितपछि चेन्नई ९ खेलमा १० अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ । हैदराबादको पनि ९ खेलमा १९ अङ्क नै रहेको छ र नेट रनरेटका आधारमा चौथो छ ।

यसैबीच, हिजोको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु ९आरसिबि० ले गुजरात टाईटन्सलाई ९ विकेटले हराएको छ । गुजरातले दिएको २ सय १ रनको लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका लागि विल ज्याक्सले एक सय रन बनाएर सतक पूरा गरे ।

गुजरातका लागि एकमात्र विकेट साई किशोरले लिए । टस हारेर ब्याटिङ गरेको गुजरातले २० ओभरमा ३ विकेटको क्षतिमा २ सय रन बनाएको थियो । गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ८४ रन बनाए । जित पछि आरसिबि १० खेलमा ६ अङ्कसहित पुछारमा यथावत् छ । गुजरात भने १० खेलमा ८ अङ्कसहित सातौँ स्थानमा छ ।

आईपीएलमा आज कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । कोलकाताको इडन गार्डेनमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्