Logo

गोली हानी झापामा लागुऔषध कारोबारी पक्राउ



झापा, १७ वैशाख । झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

झापाको झापा गाउँपालिका स्थित कुमरखोदमा गोली हानेर प्रहरीले सरिकुल आलमलाई पक्राउ गरेको हो ।

झापा प्रहरी प्रमुख एसपी मिलन केसीले लागुऔषध नियन्त्रण ब्यूरोसँगको संयुक्त अपरेसनका क्रममा उनलाई पक्राउ गरिएको वताउनुभयो ।
घरमा गएर जाँच गर्न थालेपछि उनले खुकुरी लिएर प्रहरीलाई आक्रमण गर्न खोजेको एसपी केसीले बताउनुभयो । त्यसक्रममा प्रहरीले गोली हानेर उनलाई पक्राउ गरेको हो ।

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कुमरखोदमा उनले लागुऔषध कारोबार गर्न लागेको सूचना पाएपछि प्रहरी परिचालित भएको थियो । ‘

गोली लागी घाइते भएकोमा नियन्त्रणमा लिने क्रममा उनका साथबाट ११६ ग्राम ६० मिलिग्राम ब्राउनसुगर, दाउ थान र खुकुरी थान बरामद गरी तत्कालै उपचारार्थ प्रादेशिक अस्पताल भद्रपुर झापामा पठाई र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्