Logo

आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई ७ विकेटले हरायो



काठमाण्ठौ, १८ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको छ । एक सय ५४ रनको लक्ष्य कोलकाताले १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो। कोलकाताका फिल साल्टले ६८ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो । दिल्लीका कुलदिप यादवले सबैभन्दा धेरै ३५ रन बनाए । ९ खेलमा ६ खेल जितेको कोलकाता १२ अङ्कसहित दोस्रो स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १६ अङ्क छ । ११ खेल खेलेको दिल्ली १० अङ्कसहित छैटौँ स्थानमा छ ।

आईपीएलमा आज लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबीच खेल हुनेछ । लखनउमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्