Logo

ललितपुरको गोदावरीमा डढेलो निभाउने क्रममा २ जना घाइते



काठमाडौं, १८ वैशाख । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा दुई जना घाइते भएका छन् ।

मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । घाइतेहरुलाई अस्पतालतर्फ लगिँदैछ ।

ललितपुरको गोदावरी नगरपालिका–६ आनन्द वनमा पनि डढेलो फैलिँदा कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्