Logo

मट्टीतेल र डिजलको लिटरमा दुई रुपैया मूल्य घट्यो



काठमाडौं, १८ वैशाख । डिजल र मट्टीतेलको भाउ दुई रुपैयाको दरले घटेको छ । भोलि बुधबार बिहान १ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दुई रुपियाँको दरले घटाएको हो ।

भारतीय आयल कर्पोरेसन ९आइओसी० ले मूल्यसूची घटाएर पठाएपछि निगमले नयाँ मूल्य कायम गरेको छ । निगमका अनुसार आइओसीले मट्टीतेलमा प्रतिलिटर २ र डिजेलमा २ रुपैया ४५ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। निगमले पेट्रोल र खाना पकाउने ग्यासको भाउमा भने यथावत राखेको छ।

प्रतिक्रिया दिनुहोस्