Logo

आईपीएल : लखनउले मुम्बईलाई ४ विकेटले हरायो



काठमाडौँ, १९ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जाएन्ट्सले मुम्बई इण्डियन्सलाई ४ विकेटले हराएको छ । गएराति भएको खेलमा मुम्बईले दिएको १ सय ४५ रनको लक्ष्य लखनउले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । लखनउका मार्कस स्टोइनिसले सर्वाधिक ६२ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । उसका लागि नेहल वाधेराले सर्वाधिक ४६ रन बनाए । यो जितसँगै लखनउ १० खेलमा १२ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । मुम्बई ९ खेलमा ६ अङ्कसहित नवौँ स्थानमा छ ।

आईपीएलमा आज चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स खेल्दैछन् । चेन्नईमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्