Logo

राप्रपा बागमती प्रदेश संसदीय दलले पायो पूर्णता



हेटौंडा, २२ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश संसदीय दललाई पूर्णता दिएको छ ।

 

बागमती प्रदेश संसदीय दलमा रिक्त रहेको तीन पदलाई राप्रपाले पूर्णता दिएको हो । राप्रपा संसदीय दलका नेता उद्धव थापाले रिक्त ३ पदमा सांसदहरू नियुक्त गरेर पूर्णता दिइएको जानकारी दिनुभयो । राप्रपामा रित्त रहेको संसदीय दलको उपनेतामा गिरबहादुर तामाङ नियुक्त भएको नेता थापाले जानकारी वताउनुभयो ।

दलको प्रमुख सचेतकमा कुमारी तामाङ नियुक्त हुनुभएको छ । त्यस्तै सचेतकमा मनिका श्रेष्ठलाई नियुक्ति गरिएको छ । उपनेता नियुक्त भएका तामाङ चितवन–३ (ख) बाट प्रतक्ष निर्वाचित सांसद हुनुन्छ । त्यस्तै प्रमुख सचेतक तामाङ सिन्धुपाल्चोक र सचेतक श्रेष्ठ दोलखा समानुपातिक कोटाबाट सांसद वन्नु भएको हो ।

राप्रपाको तर्फबाट बागमती प्रदेशमा सभामुख भुवनकुमार पाठक सहित १३ जना प्रदेशसभा सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्