Logo

वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम खेलमा नेपाल ६ वीकेटले विजयी



काठमाडौँ, २२ वैशाख । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको पाँचौ खेलमा नेपाल ६ वीकेटले विजयी भएको छ । टियु क्रीकेट मैदानमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो ।

उसले निर्धारीत ओभरमा ७ वीकेट गुमाउदै १ सय ७२ रन वनायो । एक सय ७३ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको नेपालले ४ वीकेट गुमाएर १८.५ ओभरमा लक्ष्य भेट्टायो ।

नेपालको जीतका लागि आशिफ शेख र अनिल शाहले अर्ध शतकिय पारी खेले । लगातार तीन खेलमा जित निकाल्दै वेस्ट इन्डिज ‘ए’ ले सिरिज आफ्नो पक्षमा पारिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्