Logo

हल्दिवारी गाउँपालिकाकी उपाध्यक्ष मैनालीलाई पतिशोक



हल्दिवारी, २२ वैशाख ।  झापाको  हल्दिवारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीलाई पतिशोक परेको छ ।

उपाध्यक्ष मैनालीका पति लयप्रसाद मैनालीको आज साँझ ६ बजे असमाहिक निधन भएको हो ।
५ छोरी र २ छोराका अभिभावक मैनाली महेन्द्र माध्यमिक विद्यालयका पूर्व शिक्षक समेत रहनुभएको थियो ।

मुटुमा समस्या देखिएपछि अपरान्ह ४ बजे बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याएकोमा ६ बजे डाक्टरले मृत घोषित गरेको उपाध्यक्षका स्वकीय सचिव प्रल्हाद सिलवालले जानकारी दिनुभयो । भोलि बैशाख २३ गते आइतवार मैनालीको अन्त्येष्टि गरिने पारिवारीक श्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्