Logo

बालगृह महासंघ कोशी प्रदेशको दोस्रो साधारणसभा सम्पन्न



मोरंग, २२ वैशाख । बालगृह महासंघ कोशी प्रदेशको दोस्रो साधारणसभा मोरंगको उर्लाबारीमा सम्पन्न भएको छ ।

नमुना बालगृह उर्लाबारी मोरंगको सभाहलमा संचालित कार्यक्रममा बार्षिक तथा आर्थिक प्रतिवेदन सचीव तेजबहादुर घिमिरेले प्रस्तुत गर्नु भएको थियो ।
सभामा समितिका उपस्थित सदस्यहरुले बालगृहहरुमा आइपर्ने समस्या, चुनौती र उपलब्धि बारे धारण राखेका थिए ।

बालगृहमा रहेका बालबालिकाहरुका लागि शिक्षा स्वास्थ सम्मको ब्यवस्थापनका लागी सस्था तोकेर प्रदेश सरकारले दिदै आएको रकम हाल स्थानीय तहले आफू खुसी अन्य सस्थाहरुलाइ बिभाजन गरि बितरण गर्दा बालगृहरुलाइ समस्या परेको भगिरथा चापागाईंले बताउनु भयो ।

त्यसैगरि बालगृहमा रहेका बालबालिकाहरुको अभिभावक पहिचान नखुलेको र उनिहरुलाइ कक्षा ८ मा पुगे पछी अनिवार्य जन्मदर्ता आवश्यकता रहने,अभिभावक बिहिन १८ बर्ष पार गरेका बालबालिकाहरु राज्यले सीप प्रधान गरि रोजगारको ब्यवस्थापन गर्नु पर्ने, बालगृहका बालबालिकाहरुलाइ स्थानीय सरकारले स्वास्थ्य बिमा गरिदिनु पर्ने जस्ता कुरा स्थानीय, प्रदेश र केन्द्रिय सरकारसग माग गर्ने निमित्त अध्यक्ष नारायण प्रसाद पोख्रेलले बताउनु भयो ।

कार्यक्रममा कोशी प्रदेशका १४ जिल्ला अन्तर्गत १६ बालगृहमा रहेर उन्च शिक्षा हासिल गर्ने निसा बालगृह इटहरीका लिचन गौतम, पुर्वाञ्चल बालसेवा केन्द्रका सुरेस नेपाल, खेलकुद तथा अतिरिक्त क्रियाकलाप अन्तर्गत स्वर्ण पदक बिजेता नमुना बालगृह उर्लाबारीका किरण मगर, लोपोन्मुख विद्यार्थीको तर्फबाट नमुना बालगृह उर्लाबारीकि सुनिता चेपाङ लगायतलाई सम्मान एवम् पुरस्कृत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका प्रमुख गङा प्रसाद खरेल, बिशिस्ट अतिथिहरु महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रकला सुब्बा वडा अध्यक्ष उर्मिला थापा लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । महासंघका सदस्य ब्युटी श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रमको सहजीकरण सचीव तेजबहादुर धिमिरेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्