Logo

ट्रयाक्टरको ठक्करबाट कचनकवलका अधिकारीको मृत्यू



तस्विर : सामाजिक सञ्जाल

झापा , २३ वैशाख । ट्रयाक्टरको ठक्करबाट झापा कचनकवल गाउपालिकाका एक युवकको मृतयु भएको छ

मेचीनगर १५ स्थित ज्यामिरगढी– चन्द्रगढी सडक खण्डमा हिजो साँझ ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालक कचनकवल २ बस्ने २७ वर्षीय ज्ञान अधिकारीको मृत्यु भएको हो ।

ज्यामिरगढीबाट चन्द्रगढीतर्फ आउँदै गरेको मे १ त ५३१९ नं. को ट्रयाक्टरसंग विपरित दिशाबाट जाँदै गरेको मे ११ प ९०२ नं. को मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा गमभीर घाईते भएका अधिकारीलाई उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएकोमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक अधिकारी कचनकवल २ का पूर्व जनप्रतिनिधि चन्द्रशंखर अधिकारीका कान्छा छोरा हुन् । दुर्घटनामा संलग्न ट्रयाक्टर र चालकलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्