Logo

राप्रपाले गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

तटस्थ बस्ने



पोखरा, २३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकीका मुख्यमन्त्ती खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ । आइतबार मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेशसभा बैठकमा विश्वासको मत माग्नुभएको छ ।

तर उक्त प्रस्तावमाथि छलफलका क्रममा बोल्दै राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले आफ्नो पार्टी तटस्थ बस्ने जानकारी गराउनुभयो ।केन्द्रीय सत्ता गठबन्धन जनताको भावनाविपरीत चलेको र संसदको पाचौं पार्टी राप्रपासँग छलफल, सल्लाह त परै जाओस्, उल्टै आरोप, प्रत्यारोप लगाउने काम गरेको उहाले बताउनुभयो।

आफूमाथि सडकबाट प्रश्न उठ्दा छानबिन समिति बनाएर छानबिन गरौं भन्दा नमान्ने दल पनि केन्द्रीय सत्ता गठबन्धनमै भएको उहाको भनाइ थियो ।अहिलेको गठबन्धन पवित्र नभएको र राप्रपाले कसैलाई पनि मत नदिएर तटस्थ बस्ने तमुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्