Logo

राष्ट्रपतिसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट



काठमाडौँ, २३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानकी विदेशमन्त्री खामीखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित विशेष समारोहबिच राष्ट्रपति पौडेल र जापानी विदेशमन्त्री योकोसँग भेट भएको हो ।

भेटवार्तामा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल, जापानबिच गहिरो, सुमधुर सम्बन्ध रहेको र विदेशमन्त्री योकोको भ्रमणले खुशी तुल्याएको बताउनुभयो । राष्ट्रपति पौडेलले यस भ्रमणले नेपाल र जापानबिचको सम्बन्धलाई अझ बढी सुमधुर बनाउने बताउनुभयो ।

त्यस अवसरमा जापानी विदेश मन्त्री योकोले नेपाल र जापानबिच रहँदै आएको सम्बन्धलाई अझ प्रगाढ बनाउन जापान सरकार र जापानी जनता नेपालीको साथमा रहेको बताउनुभयो । दुई पक्षीय भेटवार्तामा नेपाल र जापानका उच्च अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्