Logo

विदेशीको दबाब र प्रभावका कारण मुलुकको सत्ता समीकरण परिवर्तन : लिङ्देन



काठमाडौँ, २३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको दबाब प्रभावका कारण मुलुकको सत्ता समीकरण परिवर्तन भएको वताउनु भएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले नेपालका राजनीतिक दलहरू विदेशीको इशारामा चल्ने गरेको आरोप लगाउँदै सत्ता समीकरण परिवर्तन पनि विदेशीको दबाब र प्रभावका कारण भएको वताउनु भएको हो ।

अहिले दलहरूको प्राथमिकतामा सत्ता मात्रै रहेको उहाको दावी थियो । लिङ्देनले चुनावमा गठबन्धन गर्ने विषयमा पनि विदेशीको दबाब आउने गरेको धारणा राख्नुभयो ।

मिलीजुली बाँकी रहेको देश लुट्ने र लुटको कारबाहीका लागि सत्तालाई प्रयोग गर्ने गरेको भन्दै उहाले यस अवस्थाको देशलाई मुक्त गर्न राप्रपाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिकिर गर्नुभयो ।

फरक विषयमा लिङ्देनले राजनीति गर्ने मान्छेहरू आर्थिक रूपमा इमान्दार हुनुपर्नेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्