Logo

जसपा फुट्यो, अशोक राईको नेतृत्वमा आयोगमा निवेदन

समर्थन फिर्ता लिन खोजे, सरकारलाई साथ दिन्छौं : नेता श्रेष्ठले



काठमाडौँ, २३ वैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । अशोक राई नेतृत्वमा आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिइएको छ ।

हाल प्रतिनिधिसभामा १२ सांसद रहेको जसपाका ७ जना सांसद राई नेतृत्वमा नयाँ दल गठन गर्न आयोग पुगेका थिए । जसमा प्रदीप यादवलगायत नेताहरू सहभागी रहेको बताइएको छ । नयाँ दलको नाम जनता समाजवादी पार्टी राखिएको छ ।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उहाको पार्टी विभाजन भएको छ ।

यसैवीच जनता समाजवादी पार्टी नेपाल विभाजन गरी नयाँ दल दर्ता गर्न अशोक राईको नेतृत्वमा निर्वाचन आयोग पुगेका नेता राजेन्द्र श्रेष्ठले वर्तमान सरकारको पक्षमा उभिने वताउनु भएको छ ।उपेन्द्र यादवले समर्थन फिर्ता लिन खोजेपछि विभाजनतिर लाग्नु परेको उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्