Logo

करेण्ट लागेर झापाको शिवसताक्षीमा एक बालकको मृत्यु



झापा, २५ वैशाख । झापाको शिवसताक्षीमा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ । सोमबार दिउँसो शिवसताक्षी-७ का सुनिल राजवंशीको १८ महिने छोराको करेण्ट लागेर मृत्यु भएको हो ।

मोटर चलिरहेको ठाउँमा खेल्ने क्रममा उनलाई करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई उपचारका लागि विर्तासिटी अस्पताल लगिएकोमा डाक्टरले चेकजाँचको क्रममा मृत घोषित गरेको जिप्रका झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्