Logo

चट्याङ लागेर झापाको अर्जुनधारामा एक व्यक्तीको मृत्यु



झापा, २५ वैशाख । झापाको अर्जुनधारा नगरपालिकामा चट्याङ लागेर एक व्यक्तीको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर २ का ५४ बर्षिय मोहनप्रसाद दुलालको चट्याङ लागेर मृत्यु भएको हो ।

घर नजिकै मकै बारीमा मंगलबार मकैमा मल लगाउदै गरेको अवस्थामा अचानक परको चट्याङले लागेर घाइते भएका दुलालको उपचारका क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्