Logo

कोशी सरकार गठन : अन्यौलमा प्रदेश प्रमुख , महान्यायाधिवक्तासँग राय माग



फाईल फोटो

काठमाडौं,२५ वैशाख । कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार गठनका लागि आह्वान गर्ने वा नगर्ने विषयमा महान्याधीवक्ता दिनमणि पोखरेलसँग राय माग्नु भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएका कारण पदमुक्त भइसकेको दाबी गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न भन्दै निवेदन दिएका थिए ।

कोशीका मुख्यमन्त्री कार्कीविरुद्ध एमालेले प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित गराएको थियो । संकल्प प्रस्तावमा विश्वासको मत लिन भनिएको भएपनि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन आवश्यक नरहेको दाबी गर्दै आउनु भएको छ ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने समयावधि हिजो सकिएको हो । साथै, एमाले–माओवादीका नेताहरुले प्रदेश प्रमुख खापुङलाई भेटेर निवेदन बुझाउँदै सरकार गठनका लागि आह्वान गर्न माग गरेका थिए । सो क्रममा खापुङले संविधान, कानुन र विगतका अभ्यास हेरेर निर्णयमा पुग्ने बवताउन ुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्