Logo

कोशीमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान



विराटनगर, २७ वैशाख । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । बुधबार राति ढिलागरी प्रदेश प्रमुखको कार्यालयबाट सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेभित्र दाबी पेश गर्न सूचना जारी गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको सूचनामा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न आह्वान गरिएको छ । सूचना अधिकारी रामकुमार श्रेष्ठले जारी गर्नुभएको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्न कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नसक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई वैशाख २८ गते शुक्रबार अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।’

सरकारमा सहभागी भएको दल नेकपा ९माओवादी केन्द्र० सरकारबाट बाहिरिँदै गत चैत २६ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो । सोही दिन नेकपा ९एमाले० ले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको भए पनि वैशाख २६ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीले विश्वासको मत नलिएपछि बुधबार एमाले र माओवादी केन्द्रले प्रदेशसभा सचिवालयको पत्रसहित प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए ।

प्रदेशसभा सचिवालयले संविधानको धारा १८८ ९२० बमोजिम मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश नगरेको भन्ने व्यहोराको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत लिए नलिएको जानकारी गराउन निवेदन दिएपछि प्रदेशसभा सचिवालयले उक्त पत्र उपलब्ध गराउँदै प्रदेश प्रमुखको कार्यालयलाई बोधार्थ दिएको थियो । सोही पत्रका आधारमा प्रदेश प्रमुख खापुङले राति नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुखबाट दाबी पेश गर्न आह्वान भएपछि एमाले र माओवादी केन्द्रका तर्फबाट बिहीबार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्ने तयारी गरेका छन् । त्यसका लागि बिहीबार बिहान ११ बजे सबै सांसदहरुलाई प्रदेशसभा सचिवालयमा उपस्थित हुन निर्देशन दिइसकेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

बिहीबार दाबी पेश भएपछि सोही दिन सांसदहरुको हस्ताक्षर सनाखत हुने प्रमुख सचेतक भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सांसदहरुको सनाखतपछि बिहीबार नै नयाँ मुख्यमन्त्री नियुक्त हुने सम्भावना रहेको छ ।

त्यसअघि बसेको मन्त्रिपरिषदको बैठकले गत चैत २६ गतेका दिन आउँदो जेठ ११ गते बस्ने गरी प्रदेशसभाको अधिवेशन बोलाउन यसअघि गरेको सिफारिस कार्यान्वयन नभएको भन्दै पुनःस्मरण गराउने निर्णय गरेको थियो । लगतै मुख्यमन्त्री र मन्त्रीहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेश प्रमुख खापुङलाई मन्त्रीपरिषदको निर्णय हस्तान्तरण गर्नुभएको थियो ।

मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा गत असोज २७ गते संविधानको धारा १६८ (५) बमोजिम गठन भएको सरकारले संविधान बमोजिम संसदबाट विश्वासको मत प्राप्त गरेको भए पनि ५२ जना सांसदहरुले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । त्यसपछि वैशाख ७ गते विपक्षी सांसदहरुको तर्फबाट प्रदेश सभा बैठकमा पेश भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको जानकारी प्रदेशसभा सचिवालयबाट भएको विषयसमेत नोटिसमा लिएको उल्लेख गरेर प्रदेश प्रमुखको कार्यालयले सरकार गठनका लागि दाबी प्रस्तुत गर्न सूचना आह्वान गरेको छ ।

कोशी प्रदेशमा एमालेको ४० र माओवादी केन्द्रको १३ सांसदले नयाँ सरकार गठन गर्न दाबी प्रस्तुत गर्दै हस्ताक्षर बुझाउने तयारी छ । कुल ९३ सांसद रहेको कोशी प्रदेशसभामा सरकार गठन गर्न ४७ जना सांसद आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्