Logo

आईपीएल क्रिकेट : हैदराबादको शानदार जित, लखनउ १० विकेटले पराजित



काठमाडौँ, २७ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले लखनउ सुपर जाइन्ट्सलाई हराएको छ । गएराति भएको खेलमा हैदराबादले लखनउलाई १० विकेटले हराएको हो । लखनउले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको हैदराबादले ९ ओभर ४ बलमा एक विकेट पनि नगुमाई १ सय ६७ रन बनायो ।

हैदराबादका ट्राभिस हेडले अविजित ८९ रन बनाए । अभिषेक शर्माले पनि अविजित रहदै ७५ रन जोडे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । उसका आयुष बडोनीले सर्वाधिक ५५ रन बनाए । हैदरावाद १२ खेलबाट १४ अङ्क जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलमा १२ अङ्कका साथ लखनउ छैटौँ स्थानमा छ ।

आईपीएलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्