Logo

कोशीका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्वारा शपथ ग्रहण



विराटनगर, २७ वैशाख । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गनर्सभएको छ ।

बिहीबार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले साँझ प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।

कार्कीसँगै दुई जना मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा एमालेबाट राम राना र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेती मन्त्री वन्नुभएको छ ।

उहाहरूको जिम्मेवारी भने पछि तोकिनेछ । नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका राना केदार कार्की नेतृत्वको सरकारमा पनि मन्त्री बन्नुभएको थियो । उप्रेती पनि कार्की नेतृत्वको सरकारमा मन्त्री बन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्