Logo

बैवाहिक वर्षगाँठको अवसरमा बिपन्न परिवारलाई झुल बितरण



झापा, २७ वैशाख ।  झापा मेचीनगर १२ निवासी चिमरिया दम्पतिले आफ्नो बैवाहिक वर्षगाँठको अवसरमा मेचीनगरका १५ वटै वडाका बिपन्न परिवारलाई झुल बितरण अभियान संचालन गर्ने भएका छन् ।

समाजसेबी एबम् उद्योगी राजनगौरा चिमरियाले ३ लाख ६७ हजार पाँच सय मूल्यको १५ सय झुल बितरण गर्ने हुनुभएको हो ।

मौसम प्रतिकुलसँगै लामखुट्टेको टोकाइबाट डेङु भएर अकालमै मृत्युवरण भएको देख्न नपरोस् भन्ने उद्देश्यले प्रत्येक वडामा १०० थानका दरले १५ वटै वडामा १५ सय झुल बितरण गर्ने चिमरियाले जानकारी दिनुभयो।

बिपन्न परिवारको लगत संकलन सुरु गरिएको छ । संकलन कार्य सकेपछि प्रत्येक वडामा वडास्तरीय कार्यक्रमकाबीच झुल बितरण गर्ने चिमरियाको भनाई छ । जन्मदिन र बैवाहिक वर्षगाँठको अवसरमा समाजमा बिभिन्न समस्यामा पर्दै आएका बिपन्न समुदायलाई सहयोग पुर्याउँदै आएका चिमरिया दम्पतिले आफ्नो नियमित कार्यक्रमअन्तर्गत झुल बितरण अभियान गरेको हो ।

२१ औं बैवाहिक वर्षगाँठकै दिन आज(९बिहिवार) झापाको मेचीनगर-८ को टोकला बगानमा कार्यरत बिपन्न चिया मजदुरहरुलाई ५० थान झुल बितरण गरेर अभियानको सुरु गरीएको छ । समाजमा रहेका बिपन्न परिवारलाई नगद, जिन्सी तथा चौपायाँ बितरण गर्दै सामाजिक सेवामा तल्लिन रहेका चिमरियाले यो पटक छुट्टै ढंगले समाजिक सेबा गर्ने योजना बनाएको उहाको भनाई छ ।

यसैबीच चिमरिया दम्पतिले मेचीनगर-१२ स्थित देवाहसनपछि अव्यवस्थित रुपमा बस्दै आएका बालबालिकाको नाउँमा सुरु गरेको घर निर्माणमा १० हजार सहयोग गर्नुभएको छ ।

उहाले घर निर्माण अभियानका संयोजक पत्रकार खगेन्द्र घिमिरेलाई सहयोग रकम प्रदान गर्नुभएको छ । परिवारको पालनपोषणको एउटै आधार ४८ वर्षीय पद्मा भुजेलको निधनपछी बालबालिकाको गाँस, बास र शिक्षाको ब्यवस्थापनका लागि अनुसन्धान मिडिया प्रालिले सहयोगको आग्रह गरेसँगै संकलित रकमबाट घर निर्माण अभियान प्रारम्भ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्