Logo

कांग्रेस संसदीय दलको बैठक वस्दै



काठमाडौं, २८ बैशाख। नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा अहिले बिहान साढे ८ बजेका लागि बोलाइएको बैठकमा आजबाट सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिका र संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ ।

यसअघि बिहीबार दिउँसो २ बजे बस्ने भनिएको बैठक स्थगित गरिएको थियो । पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बिहीबारको बैठक स्थगित गरिएको थियो । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै अघिल्लो अधिवेशनमा कांग्रेसले संसदमा विरोध जनाएको थियो। यसैकारण सरकारले वैशाख ३ गते हिउँदे अधिवेशन अन्त्य गरेको थियो। बजेट अधिवेशनमा पनि आफ्ना माग जोडदार रूपमा उठाउने कांग्रेसले जनाएको छ। आज दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्