Logo

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ



काठमाडौं, २८ बैशाख । काठमाडौंको दरबारमार्गबाट झण्डै १ करोड रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालयको टोलीले दरबारमार्गबाट ९८ लाख नगदसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुई जना हुन्डी कारोबारी हुन सक्ने काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्