Logo

रास्वपा सभापतिको हैसियतमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय



काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई रास्वपा सभापतिको हैसियतमा बोल्न दिने निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले अघिल्लो अधिवेशनमा लामिछानेलाई रोष्ट्रम प्रयोगमा रोकेको थियो । रविसँगै अन्य शीर्ष नेताहरुलाई पनि बोल्न दिने निर्णय कांग्रेसले लिएको छ ।

बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्