Logo

तोलामा दुई हजार तीन सय रुपैयाले बढ्यो सुनको मूल्य



काठमाडौं, २८ बैशाख । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला एक लाख ३५ हजार छ सय रुपैयामा कारोबार भएको थियो । आजका लागि भने छापावाला सुन तोलामा एक लाख ३७ हजार नौ सय रुपैया बराबरको मूल्य निर्धारण भएको छ ।

त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रुपैयामा कारोबार भएको थियो । आजका लागि भने तेजाबी सुन एक लाख ३७ हजार दुई सय ५० रुपैया निर्धारण भएको छ ।

यसैगरी, चाँदी भने तोलामा ५० रुपैयाले बृद्धि भएको छ । बिहिबार प्रतितोला एक हजार छ सय ८५ रुपैयामा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ३५ रुपैया निर्धारण भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्