Logo

प्रभावकारी ढङ्गबाट प्रस्तुत हुन सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन



काठमाडौँ २८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई जबरजस्त दोषी करार गर्न लागिपरेको बताउनुभएको छ ।

आज नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कतै उजुर नभएको अवस्थामा काँग्रेसले लगातार छानबिन समितिको माग गरेर छुद्र राजनीति व्यवहार प्रदर्शन गरेको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धन भत्काउन प्रधानमन्त्रीको अफर अस्वीकार गरेपछि काँग्रेसले छानविन समिति माग गरेको बताउनुभयो ।

आजको संसदीय दलको बैठकमा एमाले अध्यक्ष ओलीले बजेटमाथिको छलफलमा प्रभावकारी ढंगले प्रस्तुत हुन आफ्ना सांसदहरूलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्