Logo

कांग्रेसको अवरोधको कारण प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगीत



काठमाडौँ २८ बैशाख ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको कारण १५ मिनेटलाई स्थगीत गरीएको छ ।

सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका हुन् ।

कांग्रेसका सांसदहरूले लगातार विरोध गरेपछी बैठक १५ मिनेटलाई स्थगीत गरीएको छ । आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरेका थिए ।

त्यसअघि समय लिएर बोलेका कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदीय समिति गठन नगर्दासम्म संसद्को कामकारबाही अगाडि नबढ्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्