Logo

विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपालको जित, भुर्तेल र ऐरीको विष्फोटक अर्धशतक



काठमाडौँ, २ जेष्ठ । विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेलमा नेपाल विजयी भएको छ । गएराती भएको खेलमा नेपालले विनवार्ड्सलाई ४ विकेटले पराजित गरेको हो ।

विनवार्ड्सले दिएको १९७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागी ओपनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले विष्फोटक ब्याटिङ गरे । कुशलले ४२ बलमा ७१ र दीपेन्द्रले २५ बलमा अविजित ५२ रन बनाए । सोमपाल कामी ३५ रनमा अविजित रहे ।

यसअघि पहिला ब्याटिङ गरेको विनवार्ड्स भोलक्यानोजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । बलिङमा नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३ विकेट लिएका थिए । विश्वकपको तयारीमा रहेको नेपालले विनवार्ड्स भोलक्यानोजसँग थप दुई अभ्यास खेल खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्