Logo

सुधार केन्द्र कि यातना गृह?



रोमन आचार्य
मेचीनगर । पूर्वी नाका कार्करभिट्टाको एउटा सुधार केन्द्रमा अघिल्लो साता भएको घटनाले सुधारकेन्द्र प्रति प्रश्न खडा भएको छ ।

स्वतन्त्र प्रतिष्ठान नेपाल नामक सुधार केन्द्रमा गत शुक्रबार राति मेचीनगर नगरपालिका मोहनकित्ताका २३ वर्षिय अर्जुन बस्नेतको मृत्यु भएको थियो । उनको शव सोहि रात मेची अञ्चल अस्पताल भद्रपुर पुर्याइएको थियो । तर, शुक्रबार भएको यो घटना आइतबार मात्र सार्वजनीक भयो । घटना सार्वजनिक भएपछि आफन्त र स्थानीयले आत्माहत्या नभएर यातनाबाट भएको हत्या हुन सक्ने शंका गरेका छन् । सुधार केन्द्रले भने बस्नेतको मृत्युलाई आत्माहत्याको संज्ञा दिएको छ ।

कसरी पुगे अर्जुन सुधार केन्द्रमा ?

पारिवारका अनुसार बस्नेतलाई लागु औषध ब्राउण्ड सुगरको प्रयोगकर्ता भएका कारण कुलत छुटाउन ३ महिना अघि प्रतिष्ठानमा भर्ना गरिएको थियो । सुधार भएको ठानेर दुई महिना अघि उनलाई घर फर्काइएको थियो । घटना हुनु दुई दिन अघि अर्थात साउन १० गते पुनः लागु औषध प्रयोग गरेको भन्दै सुधार केन्द्रका युवाहरुले समातेर केन्द्रमा पु¥याएका थिए ।

मृत्युको कारण

मृत्युको कारण खुल्न नसक्दा सुधार केन्द्र र मृतकका परिवार बिच विवाद उत्पन्न भएको छ ।सुधार केन्द्रका अनुसार त्यो दिन अर्जुन साथिहरुसँगै सुतेका थिए । ११ बजे रातको समयमा अर्जुन आफुले लगाएको टिसर्टमा झुण्डिएको अवस्थामा भेटिए । उनलाई त्यही अवस्थामा मेची आम्दा पुर्याईएको थियो । तर आम्दामा उपचार सम्भव नभए पश्चात् उनलाई रातीनै मेची अञ्चल अस्पताल भद्रपुर पु¥याईएको थियो । त्यँहा पुग्दा उनको मृत्यु भएको सुधार केन्द्रका सञ्चालकहरुले दावी गरेका छन् ।

के भन्छ पारिवार ?

पारिवार र स्थानीयले अर्जुनको यातनाबाट मृत्यु भएको दावी गरेका छन् । मृतकका बुबा पदमबहादुर भन्छन् छोरालाई पापिहरुले मारेर छाडे । पदमबहादुरका अनुसार उनी घटना भएको दुई दिन अधि मात्र छोरालाई भेट्न केन्द्रमा गएका थिए । दुखेसो पोख्दै उनले भने भेट्न जादा अहिले भेट्न मिल्दैन भने ,‘‘अहिले पो थाहा भयो छोरालाई अगाडिदेखि नै कुटेर मर्नु न बाँच्नुको अवस्थामा पुर्याएका रहेछन् । ’’ सुधार केन्द्रमै रहेका अन्य प्रयोगकर्ताको कुरालाई उधृत गर्दै पदमबहादुरले भने बुधबार रातिदेखिनै छोरोलाई मरणासन्न हुने गरि कुटेका रहेछन् । गहँभरि आँसु पार्दै पदमले,‘‘भने मेरो छोरालाई कुटेरै मारिएको हो , आत्माहत्या गर्ने वुद्धि मेरो छोरालाई आउदैन।’’

उनको शरिरमा निल डाम, टाउकोको कपाल चारपाटा मोडिएको साथै अन्य स्थानमा समेत पाईपको डाम स्पष्ट देखिएको पारिवारले बताएको छ । त्यसकारण यसलाई हत्या नभई आत्मा हत्या भएको सजिलै अनुमान गर्न सकिन्छ । एकजना स्थानीय भन्छन् आत्माहत्या भएको भए शरिरमा निल डामहरु हुने थिएन । केन्द्रले चरम यातना दिएकै हो ।

मृतककी आमा पनि आफ्नो छोरालाई केन्द्रले मारेको बताउछिन् । ‘‘ २ जनाले समाउने , २ जनाले कुट्ने , १ जनाले पानीको फोहोराले हान्ने र झुण्डाएको ठाँउबाट लडाउने गर्दा को बाच्न सक्छ र ?’’


संस्थामा रहेका अर्जुनका साथि के भन्छन् ?

सुधार केन्द्रमा रहेका अन्यले अर्जुनलाई केन्द्रमा लगेकै दिन कुटपिट गरिएको थियो । त्यस दिन अर्जुनलाई मरणासन्न हुने गरि कुटपिट गरेको निलडाम आफूहरुले देखेको बताए । केन्द्रमा रहेका अर्जुनका साथिहरुले उनलाई आइशुलेसन भन्ने कोठामा राखेर कसै सँग पनि बोल्न दिएको थिएन । केन्द्रले यसअधि पनि कसैले गल्ती गरे कारवाहि स्वरुप म चोर हुँ म गधा हुँ लेखेको पोस्टर शरिरमा भिराउने र यातना दिने गरेको र बस्नेतलाई पनि त्यसै गरिएको बताए । एक प्रत्यक्षदर्शीका अनुसार घट्नालाई ढाकछोप गर्न बस्नेतलाई यातना दिएको देखेका प्रत्यक्षदर्शी एक युवालाई हार्पिक खुवाएर सत्य नओकल्न र अरु सवै युवालाई समेत चेतावनी दिएको थियो । त्यहा रहेका एक युवाले भने यँहा उपचार भनेकै यातना हो । त्यही यातनाका कारण अर्जुनको ज्यान गयो ।

प्रशासन मौन

इलाका प्रहरी कार्यलय कार्करभिट्टाका निमित्त प्रहरी प्रमुख महेन्द्र बहादुर थापाका अनुसार घटनाको जानकारी प्राप्त भएलगतै घटना स्थलमा पुगेर प्रतिष्ठानका अध्यक्ष राजु बुढाथोकी, थेरापिष्ट मनिष क्षेत्री तथा भोला राईलाई नियन्त्रणमा लिइएर हाल अनुसन्धान भईरहेको छ । थापाका अनुसार प्रतिष्ठानमा बस्नेत सँगै रहेका अन्य प्रयोगकर्तालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
घटना शंकास्पद भएका कारण गुणस्तरीय रिर्पोटकालागि मृतकको शरिर पोष्ट मार्टम गर्न धरान पठाइएको छ । रिर्पोट आउन अझै केहि समय लाग्ने भएका कारण यसको आधिकारीक कुरा रिर्पोट आए पश्चात् मात्र भन्न सकिने साथै त्यहि बेला हत्या कि आत्मा हत्या छुट्याउन सकिने निमित्त प्रहरी प्रमुख थापाले जानकारी दिए । उनले कुराकानीको क्रममा आधार बिना हचुवाको भरमा हत्या या आत्माहत्या भनेर छुट्याउन नसकिने जानकारी दिए ।

मानव अधिकारवादीलाई प्रश्न

मानव अधिकार तथा शान्ति समाज नेपाल झापा सचिव लिला भण्डारीका अनुसार प्रतिष्ठानको कार्य सत प्रतिशत गलत छ । मान्छे सुर्धाछु भनेर सुधार केन्द्रमा लाने र सुर्धाने नाममा शारिरिक दण्ड दिने कार्य सरासर गलत हुन् । सुधार केन्द्रले लागु औषधको प्रयोगमा फसेका मानिसहरुलाई मानसिक रुपमा परिवर्तन ल्याउनलाई सरकारी मापदण्ड अनुसारका यन्त्र नभएका कारण शारिरिक यातनाको माध्यामबाट परिवर्तन गर्न खोज्ने गरेकाले यस्ता घटना भएको बताउछन् । मानव अधिकारको पक्षमा वकालत गर्ने संस्थाहरु अहिलेसम्म मौन छन् ।

परिवारको माग

मृतको परिवार र छरछिमेकीले हत्यारालाई कानुन सम्वत कडा भन्दा कडा कारवाहिको माग गरेका छन् । आकर्षक विज्ञापन दिएर विना मापदण्ड खोलीने यस्ता सुधार केन्द्रले पैसा त कमाएको छ तर धेरै युवाहरुको भविष्य वर्वाद गरेको स्थानीयको गुनासो छ ।

स्वतन्त्र प्रतिष्ठान नेपालमा भएको घटना भने पहिलो हैन । केही वर्ष अघि झापाकै बिर्तामोड र दमकका सुधार केन्द्रमा पनि यस्तो घटना भएको थियो । सरकारले तोकेको मापदण्ड बमोजिम डाक्टर वा काउन्सिलरको अभावमा यस्ता घटना हुने गरेको छ ।

सम्बन्धीत निकायले चाँसो नदिदा र काम गर्ने नाममा सोझा मानिसहरुको पैसा खान खोलीएको यस्ता संस्थामा सरकारी निकायले अनुगमन गर्न नसक्दा बस्नेत जस्ता मानिसहरुले अकालमा ज्यान गुमाउनु परेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्