Logo
  बैशाख ८, २०८१ शनिबार

शतावतारः भारतीय शास्त्रको अप्रेशन



तारामणि सापकोटा
मुक्कावला नागभूषणम् भारतका एक प्रशिद्ध माक्र्सवादी प्रगतिवादी लेखक हुन् । उनी पत्रकार पनि हुन् । उनले पत्रकारिता, राजनीति, कलाकारिता, खेलकुद अनेक क्षेत्रमा आफ्नो योगदान पुर्याएर आफ्नो बौद्धिकता प्रदर्शन गरेका थिए । भारतीय स्वतन्त्रता संग्राममा महत्वपूर्ण योगदान पुर्याएका नागभूषणम्ले लेखेको ‘शतावतारालु’को सन् १९९२ मा चाल्र्स जनार्दन स्वामीले हिन्दीमा अनुवाद गरेका थिए । हिन्दीमा अनुवाद भएपछि यो कृतिको नाम ‘शतावतार’ भएको हो । यसलाई पण्डित बाबुराम भट्टराई २०७१ सालमा नेपालीमा अनुवाद गरेका हुन् ।
‘शतावतार’मा भारतमा बिकास भएको पौराणिक मिथकीय सन्दर्भ र ग्रन्थहरुको समाजशास्त्रीय, मानवशास्त्रीय एवं ऐतिहासिक भौतिकवादी दृष्टिबाट व्याख्या र विश्लेषण गरिएको छ । भारतीय समाजमा बिकास भएको रामायण, महाभारण, पुराणहरु, वेद, गिता, संहिताहरुदेखि बौद्ध र जैन कथामा वर्णित घटनाक्रम, पात्रहरु, सामाजिक अवस्था लगायतका विषयको वैज्ञानिक ढंगले व्याख्या र विश्लेषण गरिएको छ । शास्त्रका कथा, तिनको निर्माण, लेखन समय, प्रमाणिकता, त्यसमा भएको वैज्ञिनिकता, अन्य समाजसँगको तुलानात्मक अध्ययन नागभूषणम्ले ‘शतावतार’मा गरेका छन् ।
मुक्कामला नागभूषम्ले हिन्दु, बौद्ध, इसाई, मुस्लिम लगायतका धार्मिक सम्प्रदायका पुरातन मान्यता, रुढिग्रस्त विचारको वैज्ञानिक र तर्कपूर्ण विधिबाट विश्लेषण र खण्डन गरेका छन् । शास्त्रमा त्यस्ता अवैज्ञानिक विचार कसरी समावेस भयो भन्ने तर्क र तथ्य प्रस्तुत गरेका छन् । भारतीय समाजको वैज्ञानिक अध्ययनका लागि नगभूषणम्को ‘शतावतार’ पुस्तक अत्यन्तै उपयोति कृति हो । उनले महाभारत र रामायणमा व्यक्त बिभिन्न युग र पत्याउनै नसकिने प्रशंगको तर्कपूर्ण खण्डन गरेका छन् । उनले ति हावादारी र अपत्यारिला प्रसंग कसरी समावेस भए भन्ने तथ्य प्रस्तुत गरेका छन् ।
‘शतावतार’मा नागभूषणम्ले मानव बिकासका प्रमुख अवस्था छुट्याउने आधारहरु, श्रम विभाजन, पशुपालन समाज, सम्पतिको विभाजन, नातागोताको आरम्भ, पितृसत्तात्मक समाज, गणका नियमहरुमा परिवर्तन, गाई नै जीवनको मूल आधार, देवीहरुका साथि देवता, देवीदेवताका नाता सम्बन्ध, देवता र मानवका बिचको सम्बन्ध, कृषिको आरम्भ, दासहरुको आवश्यकता, पुत्रको महत्व, भाववाद र भौतिकवाद, अविश्वासनीय कथाहरु, वीर पुजा पद्धतीको बिकास, बहुपति र बहुपत्नी प्रथाको बिकास लगायतका बिषयमा तर्कपूर्ण र विश्लेषणात्मक अध्ययन गरेका छन् ।
उनले हिन्दु शास्त्रको विश्लेषण तथा अध्ययन गर्ने क्रममा कथाहरुका आधारमा कसरी काव्य रचना भए ? पुरणहरुमा पाइने कथाहरुको समानता, कथावाचन परमम्परा कसरी सुरु भयो ? महाभारतको कथामा एक पछि अर्को कथा कसरी थपिँदै गयो, बौद्ध साहित्यमा राम कथाको चर्चा, बालमिकी रामायणको शुक्ष्म विश्लेषण, सिन्धु घाँटीको सभ्यता, वर्ण व्यवस्थाको आरम्भ, गणतान्त्रिक व्यवस्थामा चुनावी पद्धती, असम्भव कल्पनाको बिकास, इजरायल युद्ध, व्राम्हण र क्षत्री बिचको संघर्षको कारण र कथाको सविस्तार व्याख्या र विश्लेषण गरेका छन् ।
नागभूषणम्ले हिन्दु शास्त्रका केस्रा केस्रा केलाएका छन् । उनले यस सानो पुस्तकमा समग्र हिन्दु तथा वैदिक शास्त्रका अवैज्ञानिक प्रसंगको खण्डन गरेका छन् । उनले शास्त्रको मात्र होइन त्यस समयको सामाजिक, आर्थिक जनजीवन, मानिसको बसोवास, भारतीय समाजमा मानिस कसरी दास भए, दासहरुको त्यस समयको अवस्था र चित्रण शास्त्रकै आधारमा वैज्ञानिक ढंगले व्याख्या गरेका छन् । भारतमा कृषि युग, दास युग, सामन्तवादी युगको कसरी बिकास र पतन भयो, राज्यहरुको उत्पतिको कारण, हतियार र औजारको प्रयोग लगायतका ऐतिहासिक तथ्यमा आधारित विश्लेषण छ ‘शतावतार’मा ।
यो कृति मानवशास्त्रका विद्यार्थीको अध्ययनका लागि अनिवार्य जस्तै बनेको छ । भारतीय समाज र संस्कृतिमा बिकास भएको शास्त्रीय बिषयको संक्षेपमा वैज्ञानिक अध्ययन गरिएको छ । पुस्तकको आकार सानो भएपनि भारतीय समाजमा व्यप्त शास्त्रीय तथा पुरातनपन्थी सोँच र भ्रम तोड्न सफल हुने विश्वास गर्न सकिन्छ । पुस्तक समाज विज्ञानमा रुची राख्ने सबैका लागि उपयोगि सावित भएको हुनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्