Logo
  चैत्र १६, २०८० शुक्रबार

काँग्रेस र एमालेद्वारा दुवै निर्वाचनकालागि उमेरद्वारको टुङ्गो , हेर्नुहोस् को को छन् ?



इन्द्रसिंह राजबंशी
बिर्तामोड,२० असोज । केन्द्रमा एकीकरणको अभ्यास भईरहेका बेला झापामा प्रमुख दलहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आ–आफ्ना उम्मेद्वारहरुको टुगो गर्न थालेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी केन्द्रले उम्मेद्वारहरुको चयन गरी केन्द्रमा सिफारिस गरेका हुन् ।

यसक्रममा प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले झापाका तीन वटा निर्वाचन क्षेत्रमा सर्वसम्मत रुपमा उम्मेद्वार सिफारिस गरेको छ भने अन्य दुईवटा क्षेत्रमा दुईभन्दा बढीको नाम पठाएको छ ।जस अनुसार क्षेत्र नं १ बाट बिश्वप्रकाश शर्मा, ३ बाट कृष्णप्रसाद सिटौला र ४ बाट देउमान थेबेलाई सर्वसम्मत उम्मेद्वारको रुपमा सिफारिस गरिएको छ ।क्षेत्र नं २ बाट भने उद्धब थापा,सरिता प्रसाई,सुधिरकुमार शिवाकोटी र राजेश खडकाको नाम पठाईएको छ । क्षेत्र नं ५ बाट केशबकुमार बुढाथोकी, डा. खगेन्द्र अधिकारी र मेनुका बुढाथोकीको नाम सिफारिस भएको छ । प्रदेशसभा निर्वाचनका लागि दशवटा पदमा २६ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं २ को १ मा खड्गप्रसाद प्रसाई र क्षेत्र नं ४ को २ मा उत्तम सुवेदीको नाम मात्र सर्वसम्मत भएको छ । क्षेत्र नं १ को १ मा रामबहादुर कट्टेल, केशवराज पाण्डे र उषा गुरुङ, १ को २ मा अशोककुमार पोखरेल, प्रेम सम्बाहाम्फे र झुनादेवी बानिया, क्षेत्र नं २ को २ मा लक्ष्मण खडका,अमृतलाल राजबंशी र जलकुमार गुरुङ,क्षेत्र नं ३ को १ मा भूमिप्रसाद राजबंशी,तिलकसिंह पाण्डे र सर्मिला अधिकारी, ३ को २ मा भगिरथ पोद्धार, नवीन विमली र उमाराम प्रसाईको नाम पठाईएको छ । त्यस्तै क्षेत्र नं ४ को १ मा किरण भट्टराई,भक्तिप्रसाद सिटौला र सन्तोषकुमार मेन्याङबो,क्षेत्र नं ५ को १ मा दिलबहादुर बुढाथोकी, राजन ढुंगाना र भूमि राई तथा ५ को २ मा यादबराज सेढाई, अनिल प्रसाई र घनश्याम रिजालको नाम सिफारिस गरिएको क्षेत्रीय समितिहरुले जनाएका छन् ।

त्यस्तै नेकपा एमाले झापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।झापाका पाँच वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको एमाले झापा सचिव मदन अधिकारीले जानकारी दिए ।

झापा क्षेत्र नं १ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नं २ बाट पवित्रा निरौला खरेल, क्षेत्र नं ३ बाट पुष्पराज पोखरेल, क्षेत्र नं ४ बाट लालप्रसाद (एलपी) साँवा र क्षेत्र नं ५ बाट अध्यक्ष केपी ओलीको नाम सर्वसम्मत सिफारिस गरिएको हो । त्यस्तै प्रदेशसभा निर्वाचनका लागि दशवटा पदमा ३८ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं २ को १ मा एकराज कार्की र क्षेत्र नं ३ को १ मा बसन्त बानियाको नाम मात्र सर्बसम्मत सिफारिस गरिएको छ । त्यस बाहेक एउटा पदका लागि तीन भन्दा बढीको नाम पठाईएको छ । जस अनुसार क्षेत्र नं १ को १ मा श्रीप्रसाद मैनाली, देवकुमार राई र सविता दाहाल,१ को २ मा हरिचरण बानिया,घनश्याम अधिकारी र सविता भण्डारी,क्षेत्र नं २ को २ मा बिर्ख प्रधान, भाष्कर काफ्ले र देवीमाया भट्टराई, क्षेत्र नं ३को २ मा हरि राजबंशी,नारायण पोखरेल,वेदराज रेग्मी, पदम थापा र धनकेशर बस्नेतको नाम सिफारिस गरिएको छ ।त्यस्तै क्षेत्र नं ४ को १ मा राधाकृष्ण खनाल,कैलाश मास्के,कमल लामिछाने,टंक ढुंगेल,तुलसी मैनाली र राजीव घिमिरे,४ को २ मा हीरा थापा,रंगलाल दाहाल र गोमा ल्वागुन तथा क्षेत्र नं ५ को १ मा अर्जुन राई, होमबहादुर थापा,सुमित्रा भण्डारी, राजेन्द्र दाहाल,इन्द्र बुढाथोकी, इन्द्र भण्डारी र अम्बिका खनाल, ५ को २ मा गोबिन्द थापा,हिक्मत कार्की र मीना ढकाललाई उम्मेद्वारको रुपमा नाम सिफारिस गरिएको छ ।

नेकपा माओवादी केन्द्रले पनि जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ । उसले प्रतिनिधिसभा चुनावका लागि क्षेत्र नं. १ बाट बोधराज दाहाल र प्रकाश भण्डारी, २ बाट सुरेन्द्रकुमार कार्की, ३ बाट धर्मशीला चापागाई, मोहन टुडु र मेघप्रसाद रेग्मी, ४ बाट झलकसिंह दर्लामी र मणिकुमार तामाङ, ५ बाट रेवतराज पुरी (गगन) र राधिका ओझा सुवेदीलाई उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।

यसैबीच माओवादी केन्द्रले समानुपातिकतर्फका उम्मेद्वारहरुको पनि टुंगो लगाएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ क्षेत्र नं १ मा श्यामबीर लिम्बु र कर्ण अर्याल,क्षेत्र नं २ मा सीता खडका, किर्तीकुमार राजबंशी , सुनिता तामाङ र लक्ष्मीदेवी न्यौपाने, क्षेत्र नं ३ मा शिवकुमार राजभण्डारी र नरपति चापागाई, क्षेत्र नं ४ मा झलकसिंह दर्लामी र गणेश नेपाली तथा क्षेत्र नं ५ मा जितमान राई, दुर्गाप्रसाद चौलागाई र गणेश धिमाल सिफारिस हुनुभएको छ ।त्यस्तै प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नं १ को १ मा सी.बी. मगर र बिचारी मग्रान्ति, १ को २ मा सूर्यबहादुर बि.क., मुकुलचन्द्र राजबंशी र बाबुलाल सुब्बा,क्षेत्र नं २ को १ मा सीता सापकोटा र निर्मला खतिवडा ,२ को २ मा खडग कन्दङवा, छत्र तिम्सिना र यानुकुमारी गौतम,क्षेत्र नं ३ को १ मा भगिरथा अधिकारी, बुद्धि नेपाल र राधाकृष्ण घोष, ३ को २ मा लक्ष्मी राजबंशी र सौतलाल मेचेको नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नं ४ को १ मा कल्पना कार्की, बिद्यानन्द राजबंशी र काचाली ताजपुरिया, ४ को २ मा शारदा पाठक र नगेन्द्र पौडेल, क्षेत्र नं ५ को १ मा बन्दना झागड,हुकुमबहादुर नेपाली र पुष्प ढकाल, ५ को २ मा सुमित्रा वाङदेल र डम्बर पुलामीको नाम पठाएको माओवादी पार्टी कार्यालयका कार्यालय सचिव चुरेन्द्र अधिकारीले जानकारी दिनुभयो ।समानुपातिकतर्फका उम्मेद्वारहरुको टुंगो लगाउन नेकपा एमालेको जिल्ला कमिटीको बैठक आज बस्ने भएको छ ।कांग्रेसले भने केही दिनमा छलफल गरेर समानुपातिक उम्मेद्वार चयन गरिने जनाएको छ ।

यस्तै प्रदेशसभातर्फ क्षेत्र नं. १ को १ बाट माधव अर्याल,ज्ञानेन्द्र घिमिरे र भेषराज काफ्ले, १ को २ बाट नरेन्द्र मेचे, राजन चिमरिया र प्रकाश भण्डारीे, क्षेत्र नं. २ को १ बाट ज्योतिसिंह दर्लामी र अरुण श्रेष्ठ, २ को २ बाट दिपेन्द्र लम्साल ,ताराप्रसाद उपाध्याय, दुर्गा प्रसाई र विनोद मोक्तान, क्षेत्र नं. ३ को १ बाट डिल्ली घिमिरे र पुकार राजबंशी , ३ को २ बाट पुजा खनाल,पूर्णसिंह राजबंशी, देवेन्द्र चौलागाई र भानु दंगाल , क्षेत्र नं. ४ को १ बाट ढुण्डीराज घिमिरे र रामबहादुर राई, ४ को २ बाट धनप्रसाद बुढाथोकी, गोपाल प्रसाई र रुद्र बजगाई तथा क्षेत्र नं. ५ को १ बाट सीताराम अधिकारी र ५ को २ बाट बिरेन्द्र बस्नेतलाई उम्मेदवार बनाउने सिफारिस गरिएको छ ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेद्वार छनौट गर्न आज क्षेत्रीय समितिहरुको बैठक बोलाएको छ । क्षेत्रीय समितिहरुको सिफारिसका आधारमा उम्मेद्वार चयन गरी केन्द्रमा पठाईने जिल्ला अध्यक्ष अम्बरबहादुर बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्