Logo

अन्तरास्ट्रिय स्तरको गोल्डकप झिलझिलेमै गर्दैछौँ : थेगिम



मंगलबार देखि नेपालकै चर्चित धार्मिक पर्यटकिय क्षेत्र शिवसताक्षी नगरपालिकाको झिलझिलेमा दोस्रो सताक्षी गोल्डकपको आयोजना हुदै छ । नेपाल तथा भारतका उत्कृष्ट १० टिमहरुको सहभागिता रहने गोल्डकपको तयारी पुरा भएको छ । प्रस्तुत छ , गोल्डकपसँग केन्द्रित गरेर खेल समितिका सचिवालय सदस्य तथा युवा व्याक्तित्व सन्तोष थेगिमसँग गरिएको कुराकाकनी ।

१) सताक्षी गोल्डकपको तयारी कसरी गर्दै हुनुहुन्छ , तयारी कहाँ पुग्यो ?

मङ्गलबारदेखि सुरु हुने सताक्षी गोल्डकपको तयारी लगभग सकिएको छ । मैदान ब्यवस्थापन देखि लिएर दर्शकका लागि बस्न सुविधासम्पन्न प्याराफिट निर्माण प्रचार प्रसार लगायतका सवै तयारी हामीले सकिसकेका छौँ । कामको जिम्बेवारी लिनुहुने सवैले आफ्नो कामको जिम्बेवारी पुरा गरिसक्नु भएको छ , सवारी पार्किङ्ग , अथिति स्वागत लगायातको काम पुरा भएको छ । खेलका लागि देशका विभिन्न स्थानबाट खेलाडीहरु आउनेक्रम जारी छ ।

२) अघिल्लो सस्करणको गोल्डकपभन्दा यसवर्षको गोल्डकपमा फरक के पाउँछन् दर्शकले ?

यसपटकको गोल्डकपमा दर्शकले अघिल्लो वर्षको भन्दा बढी मनोरन्जन पाउँनेछन् । अघिल्लो संस्करणमा नभएका नेपाल तथा भारतका उत्कृष्ट टिमहरु यसवर्ष खेलमा हुनेछन । मनाङ्ग , थ्री स्टार , आर्मी , झापा ११ , रमपम झापा ११ , अग्नि रुपन्देही ११ , एपिएफ , पोखरा ११ , भारतको डाईमण्ड अफ फुटवल एकाडेमी लगायतको आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लवका खेलाडीहरुले प्रतिस्पर्धा गर्दै छन् । हामीले प्रतियोगिताकै स्तर उन्नती गर्ने क्रममा पुरस्कारमा समेत भारी वृद्धि गरिदिएका छौ । जसमा प्रथम पुरस्कारको राशी पाँच लाख बनाएका छौँ । उत्कृष्ट विधामा समेत पुरस्कार दिर्दै छौ । हरेक दिनको म्यान अफ द म्याचलाई समेत दैनिक १० हजार रुपैयाँ पुरस्कार दिदै छौ । यसवर्ष हामीले अन्तराष्ट्रिय स्तरको गोल्डकपको आयोजना झिलझिलेमा गर्दै छाँै । यसका लागि तयारी सकिएको छ । प्याराफिट निर्माण गर्ने क्रममा पनि हामीले कुनैपनि दर्शकलाई अप्ठ्यारो नहुने हिसावमा निर्माण गरिदिएका छौँ , जुन दर्शकहरु स्वयम हेर्न आउँदा थाहा पाउनु हुनेछ ।

३) मैदान ब्यवस्थापन या प्याराफिटमा कति खर्च भएको छ ?

हो , हामीले खेलको सफलता भन्नुनै दर्शकको आगमन र दर्शककै सुविधा हो । जसको लागि हामीले कुनै कन्जुस्याईँ नगरेको सवैमा म जानकारी गराउन चाहान्छु । हामीले यस स्थानमा सुविधा सम्पन्न रङ्गशाला बनाउने प्रमुख लक्ष्य राखेका छौँ । रङ्गशाला बनेपछि यो खर्च बच्ने छ , यसवर्ष हामीले पाँच लाख रुपैयाँ रकम खेलमैदानको व्यावस्थापनमा खर्चिएका छौ । दर्शकलाई बस्ने खेल हेर्ने कुरामा कुनै असुविधा नहोस् भन्ने कुरामा हामी सचेत भएका छौँ ।

४) गोल्डकप सम्पन्न गर्न कति खर्च हुने अनुमान छ ?
हामीले गोल्डकपमा ४९ लाख जति खर्चको अनुमान गरेका छौँ ।

५) खर्चको जोहो कसरी गर्दै हुनुन्छ ?

हामीले यस क्षेत्रका सम्पुण नगरवासी , देशविदेशमा रहनुहुने खेलप्रेमी दाजुभाई दिदिबहिनीहरुले हामीलाई साथ र सहयोग दिनुभएको छ । मुख्यतः झापाली दर्शकहरुले नै टिकट काटेर यस खेललाई हेर्दै आउनुभएको छ । जुन सहयोग हामी कदापि भुल्न सक्दैनौ , ठुल्ठुल्ला कम्पनीहरु रेडबुल , टुर्वोग , मोवाइल कम्पनी , मुख्य शिवसताक्षी नगरपालिकाले हामीलाई प्रमुख सहयोग गरेको छ ।

६ ) आयोजक टिम पनि प्रतिस्पर्धामा रहेको छ ? कस्तो बनाउनुभएको छ आयोजक टिम ?
यस पटकको हाम्रो आयोजक टिममा प्राय सवै राष्ट्रिय खेलाडी रहनेछन । अनन्त तामाङ्ग , विमल घर्तिमगर , विक्रम लामाका साथमा यस क्षेत्रका प्रतिभावान खेलाडीहरुसमेतलाई टिममा राखेर हामीले आयोजक टिमको तयारी गरेका छौँ ।

७) आयोजक टिमको लक्ष्य के रहेको छ ?

हामी मुख्य रुपमा उपाधिकै रक्षा गर्ने तयारीका साथमा मैदानमा उत्रने छौँ । गत वर्षपनि हामी सड्न देथमा हारेका थियौँ । सेमिफाईनलमा सायदै १०÷१० जनाले पेलान्टी हानेको पहिलो रेकडैँ होला यसवर्ष हामी हरेक खेलको ९० मिनेभित्रै जित्नेगरीको आयोजक टिम बनाएका छौँ । उपाधिको कप उच्चाल्नेनै हाम्रो लक्ष्य रहेको छ ।

८) समग्र गोल्डकपकै लक्ष्य के लिनुभएको छ ?

हामीले यस ठाउँको खेल प्रवद्धनमात्रै नभएर यस ठाउँको परिचयलाई विश्वसामु परिचित गराउँने , खेलमैदान निर्माण , यस ठाउँमा सुविधा सम्पन्न खेलमैदानको निर्माण गर्ने , फुटवल एकाडेमी सञ्चालन गर्ने हामीले माथि भनेका कुराहरु सम्पुर्ण खेलप्रेमी दर्शक तथा दाताहरुको साथ पायौँ भने यी लक्ष्य पुरा गर्न हामीलाई कुनै गाह्रो पर्ने छैन ।

९) अन्त्यमा सम्पुर्ण दर्शक तथा खेलप्रेमीहरुमा के भन्नुहुन्छ ?
यस क्षेत्रका स्थानीय वाशीले हिजोपनि खेललाई मन पराइदिनुभएको छ । खेल हेरि दिनुभएको छ । यो सहयोग निरन्तर गरिदिनुहोस भन्न चाहन्छु । ९ दिनसम्मनै खेल मैदानमा खेलका लागि आइदिनुहोस । केहि कमीकमजोरी भएमा सुझाव दिनुहोस । हामी आगामी संस्करणबाट सुधार गर्दै लैजाने छौँ । सम्पुर्ण खेलप्रेमी महानुभावलाई भोली दिउँसोवाट सुरु हुने गोल्डकपमा खेल हेर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठान झिलझिलेको खेल मैदानमा खेल हेर्न आइदिनुहोस भन्न चाहन्छु ।

प्रस्तुती : लीलाराज झापाली

प्रतिक्रिया दिनुहोस्