Logo
  बैशाख ७, २०८१ शुक्रबार

पिकनिक स्पाँट बन्दै मिनि माउन्टेन



रोमन आचार्य
बाहुन्डाँगी , ६ पौष । जाडोको मौसम सुरु भएसँगै विदाको दिन पिकनिक (बनभोज) खानकालागि मिनि माउन्टेनमा पुग्ने मानिसहरुको संख्या बढ्न थालेको छ ।

इलामको रोङ्ग गाउँपालीका र झापाको मेचीनगर नगरपालिका २ मा अवस्थित यस स्थानमा विशेष जाडो मौसममा बनभोजकालागि आन्तरीक तथा बाह्य जिल्लाका मानिसहरुको मन आकर्षीत हुन थालेको हो । पछिल्लो समय झापामा भएको अन्य पर्यटकीय स्थलहरुले झैँ यस स्थानले पनि आफ्नो पहिचान बनाउन थालेको छ ।
वर्षाको समयमा आएको पानीले बनाएको हिमाल जस्तै देखिने चुचुरो र निन्दा खोलाको शान्त वातावरणमा रमाउँन दैनिक सयौ मानिसहरु यहाँ पुग्न थालेका छन् । त्यसकारण यो पिकनिक स्पाँटको रुपमा विकसित हुँदै गएको त्यहाँका स्थानीयहरु बताउँछन् ।

शनिबारको दिन बनभोज खादै पर्यटकहरु

‘‘शनिबार तथा विदाका अन्य दिनमा मानिसहरुको पिकनिकलागि चहलपहल बढेको छ,’’मिनिमाउन्टेन पर्यटन विकास समितिका अध्यक्ष सुक बहादुर लिम्बू भन्छन्–‘‘पछिल्लो केही महिनायता झापाको पिकनिक स्पाँट मध्धे यसलाई पनि मानिसहरुले प्राथामिकताको सुचिमा राखेका छन् ।’’

हिमालको जस्तो चुचुरो, वाल उद्यययन , प्राकृतिक रमणता , शान्त वातारवरण र निन्दा खोलाको चिसो पानीमा पिकनिकका अलवा मानिसहरु पारिवारीक भ्रमण र युवा युवतीहरु गफ गर्न साथै सेल्फी खिच्न पुग्ने गरेका छन् । ‘‘मिनिमाउन्टेनको अभाष दिलाउने साथै फरक शान्त रमणिय वातावरणमा महसुस भएर हामी यहाँ आएका हौँ ,’’सजिलो खवरसँग कुराकानी गर्दै पिकनिक खान आएका एक पर्यटकले भने–‘‘हामी विद्यालबाट एक सय जना आएका छौँ , यहाँको व्यस्थापन पनि राम्रो र यसले आफ्नो पन पनि दिएको छ ।’’

बाल उद्ययनमा रमाउँदै बालबालिका

यस स्थानमा छुट्टि मनाउन पुग्नेको संख्या पनि उत्तिकै छ । ‘‘शनिवारको दिन झापा तथा छिमेकी जिल्लाका विद्यालबाट यहाँ आउँछन् ,’’ अध्यक्ष लिम्बू भन्छन्–‘‘वार्षिक पर्यटकहरुको चहलपहल बढ्दो छ ।

समितिको तथ्यांक हेर्ने हो भने गतसाल १ सय ५० भन्दा बढी टोली पिकनिकलागि आएको थियो भने यो वर्षको मङ्सिर महिनाको अन्त्य सम्ममा १ सयको हाराहारीमा टोली पुगीसकेका छन् । ‘‘अन्य पर्यटकीय स्थल भन्दा सस्तो भएर पनि होला,’’पिकनिक ठेकेदारहरु भन्छन्–‘‘हामिले पाहुनाहरुको चाहाना अनुरुप सेवा सुविधा दिन सक्ने हो भने अबको दुई चार वर्षमै यो स्थानले फरक पहिचान बनाउने थियो।’’

मिनि माउन्टेनमा रमाउँदै पर्यटकहरु

२०७०÷०७१ सालदेखि यो स्थानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नकालागि पहल सुरु गरिएको त्यहाँका स्थानीयहरु बताउँछन् । २०७४ सालमा आधिकारीक रुपमा ‘मिनिमाउन्टेन पर्यटन विकास समिति’ दर्ता गरेर पर्यटकीय केन्द्र बनाउँने कार्यको थालनी गरिएको हो ।

अध्यक्ष लिम्बूका अनुसार समितिले हालसम्म यस स्थानमा पर्यटन प्रबर्धनकालागि नेपाल सरकारबाट १२ लाख रुपैयाँ नगद सहयोग प्राप्त गरेको छ । समितिले पहिलो पटक पर्यटन विकास समितिबाट पाँच लाख रुपैयाँ प्राप्त गरेको थियो । उक्त रकमले चार बटा हट , पर्यटकलाई शौचालय निर्माण लगायतको कार्य गरिएको थियो । यस्तै दोश्रो पटक पर्यटन विकास समितिले दिएको पाँच लाखले बाल उद्यययन निर्माण गरिएको थियो । यता जिल्ला विकास समितिले प्रदान गरेको दुई लाख रुपैयाँले मुल बाटोबाट यहाँ सम्म आइपुग्ने २२ फुटे सडक निर्माण गरिएको छ ।

बाल उद्ययन

यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेसँगै यहाँका मानिसहरुको पेशागत शैली पनि परिवर्तन भएको छ । धेरैले साना ठुला पसल सञ्चालन गरेका छन् भने केही मानिसहरुले यस क्षेत्र आसपास होटल व्यवसाय सञ्चालन गरेका छन् । उमेरले ६५ वर्ष पुगेकी कुमारी लिम्बू भन्छिन्–‘‘पिकनिक खाने मानिसहरु आएको दिन पाँच हजार भन्दा बढी कमाईं हुन्छ , अरु बेला पनि हजार रुपैयाँ भन्दा कम त कमाई हुदैन।’’ उनका अनुसार शनिबार स्कुले विद्यार्थीहरु पिकनिक र अन्य बार मानिसहरु सामान्य घुमघामकालागि यहाँ आउँने गर्दछन् ।

जाडो मौसमा पिकनिक स्पाँट बन्दै गएको यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकारी तथा निजी दुबै क्षेत्रको लगानी आवश्यक रहेको स्थानीयहरुको बुझाइ छ ।समिति अध्यक्ष लिम्बू यस स्थानको विकासकालागि गुरुयोजना बनाएर सम्बन्धीत निकायमा प्रस्तावना बनाएर पेश गर्न समिति लागि परेको बताउँछन् ।

सजिलो खवरकर्मीसँग कुराकानी गर्दै समिति अध्यक्ष लिम्बू

‘‘पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यहाँ लगानी आवश्यक छ,’’ अध्यक्ष लिम्बू भन्छन् । हिउँदको समयमा पर्यटकहरु पुग्ने भएतापनी वर्षाको समयमा खोला बढ्ने कारणले समस्या नहोस् भनेर झोलुङ्गे पुल निर्माण कार्य सुरु हुन लागेको छ । लिम्बूका अनुसार अझै पनि यहाँ खयरको रुख जोगाउन तारजाली , पाहुनाहरुको सहजताकालगि शौचालय निर्माण , स्वच्छ पिउने पानीको व्यवस्थापन र विजुली तथा सडक बत्तीको व्यवस्थापन जरुरी रहेको छ ।

लिम्ब पर्यटन प्रबर्धनमा लाग्ने हो भने यस क्षेत्र आसपास होटलहरु र होमस्टे सञ्चालन गर्न उपयुक्त स्थान बन्न सक्ने बताउँछन् । ‘‘अहिले पिकनीक स्पर्ट बन्दा पनि राम्रै आर्थिक कारोबार हुने गरेका छन्,’’उनी भन्छन्–‘‘ग्रामिण होमस्टे सञ्चालन गरेर आम्दानीको विकल्प खोज्न पनि यो स्थान उपयुक्त छ ।’’

प्रतिक्रिया दिनुहोस्