Logo
  बैशाख ४, २०८१ मंगलबार

सुपरजोनमा सौर्य पम्पको कमाल



झापा, ३० पुस । झापाको कचनकवलमा रहेको धानबाली सुपरजोनमा सौर्य उर्जाबाट सिंचाई कार्यक्रम सुरु भएको छ । परिक्षणका लागि ६० बिगाह भन्दा बढी क्षेत्रफलका लागि सुपरजोन कार्यान्वयन कार्यालय बनियानीले कृषक समूह मार्फत चारवटा सौर्य उर्जाबाट संचालन हुने पम्प जडान गरेको हो ।
चैते धानबाली उत्पादन गर्ने लक्ष्यले सुपरजोन कार्यालयले कचनकवलका नूरी स्लाम कृषक समूह, पगलीभट्टी कृषक समूह, चप्रामारी कृषक समूह र नौलो भविश्य साना कृषक सहकारी संस्था मार्फत सौर्य सिंचाई पम्प जडान गरेको हो । सिंचाईका लागि जडान गरिएको एउटा सौर्य पम्पले दश हेक्टर (लगभग १५) बिगाह क्षेत्रफलमा सिंचाई हुने सुपरजो कार्यालयका प्रमुख तथा कृषि बिकास अधिकृत मेघनाथ तिमल्सेनाले बताए । उनले प्रति पम्प पाँच लाखको लागतमा नमूनाको रुपमा जडान गरिएको पम्प कृषक समूहलाई अनुदानमा प्रदान गरिएको बताए । पम्प जडान गरिएको क्षेत्रमा धानको व्याड खाख्ने काम भई सकेको सुपरजोन कार्यालयका बिषय विज्ञ डा. कैलाश प्रसाद भूडेरले बताए ।

सुपरजोन कार्यालयले दुई बाली धान उत्पादन गर्ने उदेश्यले सौर्य पम्प जडान गरेको हो । सौर्य पम्प जडानले कृषक खुसी भएका छन् । कार्यालयले दिएको अनुदानको पम्पको संरक्षण कृषक समूहले गर्न पर्ने हुन्छ । हरित कृषक समूह कचनकवल ४, फेर्कागाछीका संयोजक कन्हैयालाल गणेशले पम्प जडानले दुई बाली धान लगाउन सकिने बताए । सिंचाईसँगै आधुनिक तरिकाले खेती गर्ने प्रविधिको ज्ञान प्राप्त हुँदैछ, संयोजक गणेशले भने, पम्पले हाम्रो समूहका दश घर कृषले सुविदा पाएका छन् ।
कृषकले सिंचाई मात्र होइन आधुनिक तरिकाबाट धान खेतीको ज्ञान र प्रविधिका पनि प्राप्त गर्छन कृषि विज्ञ डा. भूडेरले भने, कृषकले सौर्य पम्पबाट राम्रो पाइदा लिन सक्छन् ।
सौर्य पम्ममा कृषक समूह वा कृषक सहकारीलाई मात्र सौर्य उर्जामा अनुदान दिइने गरिको कृषि बिकास अधिकृत तिमल्सेनाले बताए । आगामी आर्थिक वर्षदेखि व्यक्तिगत रुपमा पनि कृषकलाई अनुदानका लागि पहल गर्छौ, उनले भने, कृषक आफैैँले पाँचलाख खर्च गरेर पम्प जडान गरे धेरै पाईदा लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्